वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइप ‘थ्री’ पुष्टि भएको छ ।
पछील्लो केही महिना यता देशैभरी डेङ्गीको प्रकोप बढीरहेको बेला १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप ‘वान’ देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।
धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप ‘थ्री’ देखिएको भन्न नमिल्ने डा. प्रमुख दाहालको भनाइ छ ।
डेङ्गीको चार वटा सेरोटाइप हुनेमा सेरोटाइप ‘वान’ र ‘टु’ योभन्दा अगाडि पनि नेपालमा देखिएको थियो भने सेरोटाइप ‘थ्री’ भने पहिलो पटक नेपालमा देखिएको हो । धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप ‘थ्री’ देखिएको भन्न नमिल्ने डा. प्रमुख दाहालको भनाइ छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।