गुरुप्रसाद मैनालीको चर्चित कथा संग्रह ‘परालको आगो’ द्धारा प्रेरित चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक भएको छ । परिवारको कलहलाई मुख्य विषयबस्तु बनाइएको चलचित्रले श्रीमान्९श्रीमती ९चामे र गौँथली०को झगडालाई केन्द्रमा राखिएको ट्रेलरमा अभिनेता प्रकाश सपुत अभिनेत्री सुहान थापालाई केन्द्रमा राखिएको छ । प्रकाश परिवारको एक रिसाहा श्रीमानको भूमिकामा देखिएका छन् । उनकी श्रीमतीको भूमिकामा अभिनेत्री सुहाना थापा छिन् ।
ट्रेलर हेर्दा सौगातको अगाडी प्रकाशको अभिनय फिक्का लाग्छ । ट्रेलरमा एक दलित छिमेकीको भुमीकामा देखिएका सौगात मल्ल गरिव भएपनि आफ्नो श्रीमतीलाई औधी माया गर्छन र श्रीमतीनै सबै भन्दा ठुलो धन सम्झिन्छन भने, प्रकाश अर्थात चामे आफ्नो श्रीमती (गौथली) हेला गरेर कुटपिट गर्छन, यो दृश्यले नेपाली समाजको हालका् पुरुष्त्वलाई गज्जवले देखाएको छ ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । लक्ष्मण सुनारको निर्देशन तथा सुशील पोखरेलको लगानी रहेको सिनेमामा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।
ग्रामीण लोककथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भएर यो सिनेमा निर्माण भएको हो । सिनेमामा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य९स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ । चलचित्र आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।