याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय कार्यसमितीको अध्यक्षमा कलाकार तथा निर्माता नबिन मेन्याङ्बो पुन सर्वसम्मत निर्वाचित भएका छन । संस्थापक अध्यक्ष समेत रहेका मेन्याङ्बो चैत्र ५ गते धरानमा सम्पन्न दोस्रो महाधिवेशन तथा चौथो साधारण सभाबाट मेन्याङवो पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।मेन्याङ्बोको नेतृत्वमा ५ जना उपाध्यक्षहरु थपिएकाछन, उपाध्यक्षमा तेज मेन्याङवो, शैलेन्द्र नाल्वो, दिलिप फुरुम्बो, टेकराज तिगेला र कर्ण सम्वाहाम्फे, सचिवमा तीन जना प्रकास लिम्बु ,मणिकुमार लिम्वु र रमेश मावोहाङ निर्वाचित भएका छन । कोषाध्यक्षमा संचमाया सम्बाहाम्फे, कोषाध्यक्षमा – सोम बहादुर लिम्वु सहित जम्मा ३५ जनाको कार्य समिति चयन भएका छन ।
निर्वाचित अध्यक्ष २०५२ सालबाट रंगमञ्च हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । वि।सं। २०५२ सालमा थियटर साहाराको संस्थापक अध्यक्ष भएर रंगमञ्चमा प्रवेश गरेसँगै चलचित्र लेखान्त, क्याविन गर्ल, क्रस फायर, आँखिम, टिनएजर्स, प्रदर्शनको तयारी रहेको चलचित्र ‘हाङ्नाद’, टेलिसिरियल कर्मलगायत एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन ।दुई दर्जन भन्दा बढी नाटक लेखन निर्देशान् र अभिनय गरीसकेका मेन्याङ्बो २०६७ मा “ टिनएजर्स “ चलचित्र बाट डाबर अवला फावन फिल्म फेस्टिवलमा बेष्ट एक्टर अवार्ड र नाटक ‘निर्दोसी उनी’ बाट सांस्कृतिक संस्थानबाट ‘उत्कष्ट अभिनेता’ को पुरस्कार जितेका थिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।