मंसिर १ गते सम्पन्न नेपाली चलचित्र निर्माता संघले नयाँ कार्यसमिती पाएको छ । धेरै जसो कार्यसमिती सदस्यहरु निर्विरोध भएपनि अध्यक्ष र महासचिवको लागि निर्वाचन भएको थियो । निर्वाचनबाट निर्वाचित भएका नयाँ अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । उनले प्रतिद्धन्दी उम्मेदवार सुनीलकुमार थापालाई पराजित गरे । सुब्बाले १५३ मत ल्याए भने थापाले १२७ मत ल्याए । महासचिव पदमा कलाकार तथा निर्माता खगेन्द्र लामिछानेले अर्का प्रतिद्धन्दी किरण नेपालीलाई पराजित गरेका छन । लामिछानेले १५२ मत पाउँदा, नेपालीले १२५ मत पाए ।

सचिवमा युवराज गिरी चयन भए । उनले १५९ मत पाए । उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत पाए ।उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई तथा कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।नौ जनाको सदस्य पदका लागि श्रीधर पौडेल ,चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी,घनेन्द्र थपलिया,मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की सर्वसम्मत भएका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।