Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘महाभोज’ को पोखरामा प्रिमियर सम्पन्न , दर्शकहरुद्धारा आक्रोश प्रशंसा

यहि जेठ ३० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को सोमबार पोखरामा भव्य ग्राण्ड प्रिमियर भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ जेष्ठ २७ गते १०:४२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र  ‘महाभोज’  को पोखरामा प्रिमियर सम्पन्न ,  दर्शकहरुद्धारा आक्रोश प्रशंसा
51
SHARES
Share on FacebookShare on Twitter

यहि जेठ ३० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को सोमबार पोखरामा भव्य ग्राण्ड प्रिमियर भएको छ । चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थितिमा भएको प्रिमियरले दर्शकहरुमा आक्रोशित बनाएको थियो । दर्शकहरुले आक्रोश मात्र पोखेनन चलचित्रको खुलेर तारिफ गरे । आक्रोशित चलचित्र निर्माण टिमसंग नभएर चलचित्रमा देखाईएको विषयवस्तु र सहकारी पिडकहरु संग भएका थिए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए । चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनय को व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै दर्शकहरूमा एक प्रकारको आक्रोश पनि देखिएको थियो ।

ADVERTISEMENT

चलचित्रको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ ले विगतमा ‘आगो’ चलचित्रले जस्तै विद्रोह जन्माउन सक्ने बताए । उनीहरूले यो चलचित्रमा सत्ताधारीहरूलाई नै तलमाथि गराउन सक्ने शक्ति रहेको विश्वास व्यक्त गरे । केही दर्शकले यदि कसैको दबाबमा चलचित्रका दृश्यहरू काँटछाँट भएमा त्यसो गर्नेको विरुद्धमा आफूहरू उभिने चेतावनीसमेत दिए ।

‘महाभोज’ ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै, दर्शकले यो चलचित्र मनोरञ्जक रहेको समेत बताए ।क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुँदैछ ।चलचित्र ‘महाभोज’ यही शुक्रवार जेठ ३० गते देशभर प्रदर्शनमा आउँदै छ ।

Previous Post

धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य

Next Post

सफल चलचित्र ऊनको स्वीटरको सबै ४ ओटै गीतहरु युट्युबमा करोड क्लबमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist