Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मोफसलका ४ शहरमा ‘महाभोज’ को प्रीमियर हुँदै, धरानमा जेठ २९ गते हुने

यही जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'महाभोज'ले प्रदर्शन अगावै मोफसलका ४ वटा शहरहरुमा ग्राण्ड प्रिमियर शो गर्ने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ जेष्ठ २५ गते २२:३८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
मोफसलका ४ शहरमा ‘महाभोज’ को प्रीमियर हुँदै, धरानमा जेठ २९ गते हुने
55
SHARES
Share on FacebookShare on Twitter

यही जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ले प्रदर्शन अगावै मोफसलका ४ वटा शहरहरुमा ग्राण्ड प्रिमियर शो गर्ने भएको छ । निर्माण टिमका अनुसार पहिलो प्रीमियर शो पोखराबाट हुरु हुने भएको छ । पोखरामा यही जेठ २६ गते सोमबार पोखरा स्थित क्फ्क्स ट्रेड मल मा साझ ६ बजे, फ्रेण्ड्स सिनेमाज बुटवलमा २७ गते मंगलबार साझ ६ बजे , सेन्ट्रल मल बिराटनगरमा जेठ २९ गते बिहीवार दिउसो १ बजे र धरान स्थित फ्रेण्ड्स सिनेमाजमा पनी सोहि दिन जेठ २९ गते बिहीवार साझ ६:३० बजे ग्राण्ड रेडकार्पेट प्रिमियर हुने बितरक कम्पनी कुबेर सिने डिस्ट्रीव्युटर्सका पुस्कर घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पोखरा प्रिमियरका लागी कलाकार सहित निर्माण टिम पोखरा पुगिसकेको छ भने हरेक ठाउको प्रिमियरमा कलाकारहरुको उपस्थित रहने छ ।

गत जेठ १४ गते ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन साँझ काठमाडौंमा सम्पन्न भैसकेको छ । । विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।

निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।

ADVERTISEMENT

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ । साथमा, यस चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी चलचित्रलाई मनोरञ्जक समेत बनाइएको छ ।

 

 

Previous Post

सौगात र बेनिशाको चलचित्र ‘कल्ली’ को पोष्टरमा देखियो यस्तो रुप, चलचित्र फागुन १ बाट

Next Post

धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist