Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

‘चारदाम’ को बिषयलाई मुख्य कथा बनाएर मिर्माण गरिएको तामाङ चलचित्र ‘चारदाम’ को ट्रेलर र गीत शनिबार सार्वजनिक गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक
98
SHARES
Share on FacebookShare on Twitter

चलचित्र ‘चारदाम’ को ट्रेलर र गीत रिलिज हिन्दुहरुको बिहेको मुख्य विधि भनेको सिन्दूर हाल्नु भएझै तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’ को बिषयलाई मुख्य कथा बनाएर मिर्माण गरिएको तामाङ चलचित्र ‘चारदाम’ को ट्रेलर र गीत शनिबार सार्वजनिक गरिएको छ । शनिबार इटहरीमा एक कार्यक्रम गरी गीत र ट्रेलर रिलिज गरिएको हो । कोशी भिजनको ब्यानरमा निर्माण भएको ‘चारदाम’ लाई लाखमान योन्जनले लेखन तथा निर्देशन गरेका छन । योन्जनले यस अघी थुप्रै तामाङको जातित्व झल्काउने,तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले थुप्रै चलचित्र निर्माण तथा निर्देशन गरेका छन । तर यस पटक भने पछील्लो समय तामाङ जातीहरुबिचको बैबाहिक रिती थिती मा आधारित रहेर ‘चारदाम’ निर्माण गरेको निर्देशक योन्जनले बताए ।

चारदाम भनेको कुटुम्ब अर्थात बेहुला र माईती बिचको बाचा वा सम्झौता हो योन्जनले थपे । सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ । ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रमम नेपाल तामाङ घेदुङ केन्द्रिय संरक्षक सदस्य मनु मोक्तान, लक्ष्मण मोक्तान, जिल्ला उपाध्यक्ष हस्त पाख्रीन, नगर अध्यक्ष मोहन लोप्चन, महिला नगर अध्यक्ष कोपिला घिसिङ, संघीय सदस्य जानुकला पाख्रीन, फिल्म नाङ्साल निर्माता तथा कलाकार गणेश योन्जन तामाङको उपस्थिति रहेको थियो ।

यो फिल्मलाई यहि मङ्सिरको ३० गते इटहरीमा प्रिमियरको कार्यक्रम पनि तय गरिएको छ । इटहरीको इलाईट सिनेमा हलमा १२ बजे गरिने प्रिमियर शोमा सबैलाई उपस्थित हुन् प्रस्तुतकर्ता मोहनले आग्रह गरे । फिल्म युनिटले गएको दशैँको अवसर पारेर अफिसियल पोस्टर सार्वजनिक गरेको थियो । ‘चारदाम’को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ भने इटहरीपस्चात काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगयतका ठाउँमा प्रिमियरको तयारी भैरहेको निर्माण युनिटले जानकारी गराएको छ ।भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । फिल्म ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

ADVERTISEMENT

फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलले शृङ्गारको कार्य गरेका छन् ।

Previous Post

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

Next Post

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist