Sunday, April 5, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो

२०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो ।

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक ३ गते ०८:१६ बजे प्रकाशित
in FEATURE, समाचार
0
प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो
40
SHARES
Share on FacebookShare on Twitter

प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने यस पटक प्रमुख दलबाट तीन जना मात्रै उम्मेदवार छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको छ ।

सुरुमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसले रुकुमपश्चिमका मानबहादुर नेपाली र एमालेले डडेल्धुराबाट चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएको छ । एमालेबाट रुपन्देही क्षेत्र नं. १ मा छविलाल विश्वकर्मा, माओवादी केन्द्रबाट बाँके क्षेत्र नं. १ मा महेश्वरजङ्ग गहतराज (अथक) र काठमाडौँ क्षेत्र नं. १० मा अञ्जना विशङ्खे चुनावी मैदानमा हुनुहुन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले भन्नुभयो, “दलहरू समावेशीका कुरा गरेर गठबन्धनको बहानामा दलित र महिलाको प्रतिनिधित्व घटाउन नियतवश लागेका छन् । लापरबाहीपूर्ण ढङ्गबाट प्रक्रिया अघि बढाएकाले समुदायलाई घाटा पुगेको छ ।”

संविधान सभा–२०६४ मा ६०१ जनामा ५१ जना ­(८.४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो । तीमध्ये तत्कालीन नेकपा (माओवादी)बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान सभा–२०७० मा दलित प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (६.८२ प्रतिशत)मा झ-यो । जसमध्ये दुई जना नेकपा (एमाले)बाट प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान जारी भएपछिको पहिलो प्रतिनिधि सभाको निर्वाचन, २०७४ मा १९ जना (छ प्रतिशत)को प्रतिनिधित्व भयो । जसमध्ये एमालेबाट दुई जना र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए ।

ADVERTISEMENT

“माओवादी केन्द्रका पोलिटब्युरो सदस्य परशुराम रम्तेलले माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनपश्चात् दलित प्रतिनिधित्व बढेको तर यो क्रम घट्दै आएको बताउँदै भन्नुभयो, “यसो हुनुमा दलहरूले दलितका सवाललाई क्रमशः उपेक्षा गरेको देखिन्छ । यही व्यवस्थामा सङ्ख्या बढाउन प्रत्यक्ष निर्वाचनमा समानुपातिक उम्मेदवार दिनुपर्छ ।”

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट एक जना दलित समुदायको प्रतिनिधित्व हुने व्यवस्थाअनुसार सात जना दलित सांसद रहेका छन् । कोटाबाहेकको प्रतिनिधित्व राष्ट्रिय सभामा हुन सकेको छैन । नेपालमा सहर्षनाथ कपाली दलित समुदायबाट पहिलो पटक सांसद हुनुभएको थियो । राजा महेन्द्रले २०१६ असार १९ गते राष्ट्रिय सभामा कपालीलाई मनोनीत गर्नुभएको थियो । त्यसपछि निरन्तर एक वा दुई जना दलित सांसद हुँदै आए । २०४८ मा दलित समुदायले पहिलो पटक संसद्मा प्रत्यक्ष निर्वाचित भई प्रवेश पाएका थिए । २०४८ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णसिंह परियार बाँकेबाट निर्वाचित हुनुभएको थियो । त्यतिबेलै नेपाली कांग्रेसले दलसिंह कामीलाई राष्ट्रिय सभामा मनोनीत गरेको थियो । २०१६ देखि २०५८ सम्म राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलित समुदायको सङ्ख्या १५ रहेको छ ।२०६२÷६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधि सभामा प्रतिनिधित्व बढेको थियो । अन्तरिम संसद्मा नेकपा (माओवादी)ले पाएको संसद् सङ्ख्यामा १२ जना दलितलाई सांसद बनाएको थियो ।

यो खबर गोरखापत्रमा छ ।

Previous Post

गछिया सडक खण्डमा मोटर साइकलको ठक्करबाट पदल यात्री गम्भीर घाइते

Next Post

ताप्लेजुङमा ट्याक्टर दुर्घटना ,  ४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

दर्शकहरुले रुचाए ‘लाली बजार’ को गीत, रिल्स र टिकटकमा भिडियो बनाउनेको भीड

by हंगामा खबर
२०८२ चैत्र ३ गते १७:२५ बजे प्रकाशित
0

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

by हंगामा खबर
२०८२ चैत्र १ गते १८:२५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist