धरान -४ स्थित शिक्षाज्योतिमा आधारभुत बिधालय प्राङगणमा फुल रोपेर चिटिक्क पारीएकोछ । धरान उपमहानगरपालिकाको वातावरण शाखाअन्तर्गत पूष्पवाटिका प्रवद्र्धन कार्यक्रम मार्फत विनियोजित २ लाख रुपैयाँबाट वाटिका निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि राईले जानकारी दिए । निर्मित पूष्पवाटिकामा बिभिन्न ३० प्रकारका फुल र अन्य बोट बिरुवाहरु रोपिएको प्र अ मेनुका सापकोटाले जानकारी दिएकिछिन ।
वृक्षारोपणमा बिधालय व्यवस्थापन समिति, अध्यक्ष हरी राई, जग्गादाता पर्शु गुरुङ , चन्द्र कुलुङ ,वडाध्यक्ष धन बहादुर राई , वडा सदस्य राजन राई , क्यान एजुकेशन फाउण्डेशन का प्रोजेक्ट कोर्डिनेटर रमेश राई , विद्यार्थी, शिक्षक, व्यवस्थापन अभिभावक, जनप्रतिनिधि र स्थानीय शिक्षाप्रेमीहरुको सहभागीता रहेको थियो । अर्गानिक कृषि गाउ भनेर चिनिने यस गाउमा रहेको एक मात्र यस बिधालय शैक्षिक गुणस्तर संगै बाहिरको भौतिक बातावरणपनी मनोरम होस भन्ने हेतुले फुलको बिरुवा र अन्य बिरुवा हरु रोपिएको प्र अ सापकोटाले बताइन । बिधालयमा खेलकुद सामग्रीहरु र पुस्तकालय संगै बाहिरी आकर्षणको लागी फुलबारीले अझ बढी सुन्दर बनाउने प्र अ सापकोटाको भनाइ छ ।
२०५२ पौष २७ गते अनौपचारिक शिक्षा प्रदान गर्ने हेतुले, स्कुलको पहुच भन्दा बाहिर रहेका बालबालिका लाई शिक्षा दिन बिना राई लगायत स्काउटहरुको टोलीद्वारा सुरु गरिएको कक्षालाई तत्कालीन पाचकन्या गाविस बाट वडा नम्बर ८ लाई औपचारिक शिक्षण गर्ने उद्देश्यले बिधालय को रुपमा २०५३ मा दर्ता भै २०५४ बाट औपचारिक पढाई सुरु भएको बिधालय व्यबस्थापना समितीका अध्यक्ष हरी राईले जानकारी दिए । बिधालयको अनुमती पाएपछी एकजना शिक्षक राहत दरवन्दी र स्थानिय निकायको सहयोगमा एकजना गरी जम्मा दुईजना शिक्षक शिक्षिकाद्वारा पठनपाठन भएको बिधालयमा हाल एक जनाको दरवन्दी , दुईओटा राहत , दुईजना बालबिकास सहयोगी कार्यकर्ता र एक जना सहकर्मी गरी जम्मा ५ जनाले बिधालय संचालन गरिरहेको प्र अ सापकोटाले जानकारी दिइन । उनका अनुसार २०६५ सालबाट महिला शिक्षिकाहरुद्वारा संचालन भैरहेकोछ ।