सिरहा गोलबजार ३ बस्ने बर्ष १७ को अंशु सदालाई अपहरण गरी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्यामा संलग्न जिल्ला धनुषा कमल नगरपालिका वडा नं. ६ बस्ने बर्ष १८ को राकेश ठाकुर, सोही स्थान बस्ने बर्ष १८ को विसु भन्ने प्रशान्त मण्डल र जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने बर्ष २६ को मनोज कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गोलबजार–३ का सदालाई २३ गते अपहरण गरेर २४ गते विराटनगर ल्याइएको थियो ।घटनामा संलग्नहरु फिरौतीको रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेको बेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलिले शुक्रबार बिहान नियन्त्रणमा लिएर उनीहरु बसेको विराटनगर बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउस चेकजाँच गर्दा सदाको लास लोबेड भित्रबाट बरामद भएको हो । उनको बिहीबार राती हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न आरोपमा धनुषा कमलामाई नगरपालिका–६ का राकेश ठाकुर, प्रशान्त मण्डल र मोरङ रतुवामाई–५ कादुपाडाका मनोज कार्कीलाई नियन्त्रणमा लिइएको छ । शवलाई बेड मुनि राखी आफुचाही शव माथी सुत्ने राकेश ठाकुर हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।