येशु ख्रिस्टको जन्मोत्सवको अवसरमा धरानभरीका चर्चहरुले संयुक्त रुपमा आयोजना गर्न लागिरहेको ख्रीष्टमस महोत्सव २०७९ को अवसरमा आयोजित खेलकुद सप्ताह सोमबार सम्पन्न भएकोछ । सप्ताह अन्तर्गत सोमबार धरान १३, अमरसेवा समाजको व्याटमिन्टन हलमा अन्तर चर्च व्याटमेन्टन प्रतियोगिता गरेर सम्पन्न भएको हो । धरान र आसपासमा छरिएर रहेका करिब २०–२५ हजार ख्रीष्टका अनुयायीहरुले ख्रीष्ट जन्म उत्सवको बिशेष अवसरमा यहि मंसिर २४ देखि २८ गतेसम्म एक हप्तालागी खेलकुद सप्ताह सुरु भएको थियो । खेल्कुद सप्ताहव्यापी रुपमा आयोजना गरेपनी समयको पावन्दीको कारण दुइदिन अगावै सम्पन्न गरेको ख्रीष्टमस महाेत्सव-२०७९ मुल आयोजक समितीका संयोजक हिमाल राई (जोसेफ) जानकारी दिए । खेल सप्ताहको पहिलो दिन धरान भरिका पास्टर अगुवाहरु र नेपाल पत्रकार महासंघ सुनसरी वीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएकोछ । धरान १५ स्थित बिग फुटसलमा आयोजना भएको फुटसलमा महासंघले पास्टरहरुलाई ५ को बिरुद्द २० गोल लगाएर बिजयी भएको थियो ।


यसैगरी खेल्कुद सप्ताहको अन्तिम दिन सोमबार अन्तर चर्च ब्याटमिन्टन महिला डब्बल, भ्याट्रन डबल साथै खुल्ला डबल मैत्रीपूर्णखेल भएको थियो । महिला र भ्याट्रन तर्फ ५÷५ टिमको सहभागीता रहेको थियो । खेलमा खुल्ला तर्फ १० वटा टिमको सहभागीता रहेको थियो । महिला तर्फ धरान–४,का रुविना राई र इन्दिरा राई को जोडी प्रथम र तिमोथी राई र सपना राईको टिम दोस्रो भएको थियो । पुरुष भ्याट्रनतर्फ बिराटनगरका डा. शेमलाल हेम्ब्रम र महेन सुब्बाको जोडी प्रथम र धरान ११ का पा. मनिकुमार राई र कमल राईको जोडी दोस्रो भए । यस्तै खुल्ला डबलमा अशोक तामाङ र प्रबिण तामाङको जोडीले अन्नत तामाङ र सुुमन लिम्बुको जोडीलाई सोझो सेटमा पराजित गर्दै प्रथम भए । प्रथम र दोस्रो हुने खेलाडीलाई नगद र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रमको उद्धाटन धरान वडा नं १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले द्वारा ब्याटले सटल प्रहार गरी गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य क्रममा १३ नं वडामानै यस खेलको आयोजना स्थल नै छनौट गरी आफुलाई पहिलो पटक व्याट पकडने मौका जुराएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै सफलताको शुभकामना व्याक्त गरे । कार्यक्रममा धरान भरीका चर्चबाट करिब १२० जनाको उपस्थिति रहेको थियो । ख्रीष्ट जन्मोत्सवको अवसरमा धरान भरीका चर्चहरु मिलेर आयोजना गर्ने ख्रीष्टमस महोत्सव गत बर्षहरुमा कोरोनाका कारण आयोजना गर्न नसकेपनी यो बर्ष ख्रीष्टमस महोत्सव २०७९ कार्यक्रम यहि मंसिर २९ र पौष १ गतेसम्म आयोजना हुने सचिव राईले जानकारी दिए । महोत्सव धरान–१५,को चुम्लुङ्ग भवन परिसरमा हुनेछ । पौष २ गते लोकतान्त्रीक चोकमा (भानुचोक) २ बजेदेखि ४ बजे सम्म स्ट्रीट गित र नृत्य प्रस्तुत हुने आयोजकले जानकरी दिएकोछ ।

व्याडमिन्टन खुल्ल डब्ल तर्फ प्रथम र दोस्रो हुने टिमको सामुहिक तस्विर








सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।