बिगत दुई महिना देखी भडकिएको जातिय हिंशाका कारण भारतको मणिपुरमा दुई सय भन्दा धेरै चर्चहरु र १७ वटा मन्दिरमा आगजनी भएका छन । साम्प्रदायिक हिंसाबाट गुज्रिरहेको मणिपुरमा पछिल्ला घटनाक्रमले गृहयुद्धको जोखिम बढाएको सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।मणिपुरका बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा एक सय जना जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् ।
सूचनाअनुसार ५०८ वटा गिर्जाघरहरू भत्काइएका छन्,” उत्तरपूर्वी भारतको यूनाइटेड क्रिस्चियन फोरमका प्रवक्ता एलन ब्रुक्सले भने, “हामीले मणिपुरका विभिन्न समूहका हाम्रा प्रीस्ट, पास्टर र गिर्जाघरका अगुवाहरूबाट यो तथ्याङ्क सङ्कलन गरेका हौँ।” तीन सय ५० वटा आश्रयस्थलमा ६० हजार विस्थापितहरु कष्टकर जीवन बिताइरहेका छन् । राज्यमा ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हिंसाका घटनाहरु रोकिएका छैनन् । लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझै बढेको छ ।