धरानबाट प्रकाशन हुने अनलाइन न्युज कपुरी न्युजकी संवाददाता रश्मी प्रधान नगद सहित समानित भएकिछिन । धरान १५ मा रहेको हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा उनलाई नगद सहित सम्मान गरेको हो ।वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले उनलाई दोसल्ला ओढाई नगद र प्रमाण पत्रद्वारा सम्मान गरेका हुन ।समारोहमा २०८० सालको नर्सरी देखी कक्षा ११ सम्म वार्षिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरू र खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण-पत्र वितरण गरियो ।
प्रमुख अतिथी सांसद बस्नेतले निजी स्कुलहरूले शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्याएको बताउँदै समुदायमा शिक्षाको प्रभाव छरेको बताए । समुदायसँग मिलेर निजी विद्यालयहरू अघि बढेकोले निजी विद्यालयप्रति अभिभावकहरू आकर्षित भएको उल्लेख गरे ।धरान-१५ का वडा अध्यक्ष नरेश इवारम, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, श्यामचोक युवा समाजका अध्यक्ष ललित योन्जन, श्यामचोक समाजका अध्यक्ष दिनेश रानामगर, लगायतले बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।