चर्चित अभिनेता प्रदीप खडका माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला सँग भेटघाट गर्न माइती नेपाल पुगेकाछन । कोइराला सँगको भेटघाटमा बिशेष गरेर मानव बेचबिखनविरुद्धको अभियान बारेमा छलफल भएको थियो । छलफलको क्रममा मानव बेचबिखनविरुद्धको अभियानमा साथ दिन कोइरालाली प्रदीप खड्कालाई अनुरोध गर्नुभयो । भारत मात्रै नभएर पछिल्लो समय तेस्रो मुलुकमा समेत मौलाइरहेको मानव बेचबिखन रोक्नका लागि कलाकारको साथ आवश्यक रहेको कोइरालाको भनाइ थियो ।
नायक खड्का चर्चित कलाकार भएकाले उनले बोलेको कुराले प्रभाव राख्ने भन्दै अभियानमा साथ दिन अनुरोध गरेकी हुन्। करिब तीन घण्टासम्म भएको छलफलपछि नायक खड्काले पनि आफ्नो पक्षबाट हुनसक्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।