यही कार्त्तिक ११ अर्थात भाईटिकाको भोलिपल्ट रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘महापुरुष’ को टिमले यस बर्षको दिपावलीको अवसरमा देउसी खेलेकोछ । आक्रमक रुपमा प्रचारप्रसार गरिरहेको निर्माण टिमले फिल्मका सम्पूर्ण कलाकारहरुको उपस्थितीमा देउसी खेलेकोछ । रेडियो अडियोको प्रस्तुती तथा इन्द्रेणी टिमको सहकार्यमा फिल्मका सम्पुर्ण कलाकार उपस्थित भइ देउसी भैलो खेलेर रमाइलो गर्दै फिल्मको प्रचार समेत गरेकाछन ।
कात्तिक ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेकोछ ।