धरान उपमहानगरपालिकाका मेयर हर्क राज राइ (हर्क साम्पाङ) लाई धरानका ७ राजनीतिक दलले दम्भ, अहंकार र अपरिपक्वताको संज्ञा दिएकाछन । धरानका बिभिन्न सात राजनीतिक दलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आरोप लगाएका हुन । दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्तरुपमा विज्ञप्ती जारी गरेको हो ।
दलहरुले मेयरको निजी सचिवालयमा कार्यरत सर्दुशन लिम्बुमार्फत वडामा सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची माग गरेको बिषयमा कार्यपालिका बैठकमा छलफल भएको बिषयलाई लिएर वडा १० का अध्यक्षलाई स्पष्टीकरण सोधेपछि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले गरेको पत्रकार सम्मेलन र सिफारिश पत्र लिन जादा वडा ११ का सन्तोष लिम्बुलाई पक्राउ गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएका छन् । केही युट्युब च्यानल तथा सञ्चार माध्यम प्रयोग गरेर कार्यपालिका सदस्यहरुको विचारलाई अतिरञ्जित गराउने तथा प्रोपोगण्डा गर्ने गरेको पनि आरोप विज्ञप्तीमा लगाइएको छ ।