धरानमा जारी २५ औ गोधुली कपको आज फाइनल खेल हुदैछ । फ़ाइनल मा धरान वडा नम्बर १४ र १५ उपाधीका लागी भिड्दैछन । धरान मा पहिलो पटक रात्रीकालिन फुटबल प्रतियोगेता आयोजना गरिएको गोधुली कपमा दर्शकहरुको उल्लेख्य उपस्थिति हुदै आएकोछ । उदघाटनमा धरान कै गायक पुर्ण राइले प्रस्तुती दिएका थिए भने आज समापन अर्थात फाइनल खेलमा चर्चित गायिका तृष्णा गुरुङ ले प्रस्तुती दिने आयोजक गोधुली क्लबका कार्यवाहक अध्यक्ष सतिश केसीले जानकारी दिए ।

खेल अघी को प्रि म्याच मा दुवै टिमका कोच र कप्तान ले उपाधी आफुले जित्ने दावी गरेकाछन । वडा नम्बर १४ र १५ यस अघी एक एक पटक उपाधी जितेका छन् । टिमका कोच र कप्तानले एक अर्कालाई बलियो प्रतिद्वन्दी को रुपमा लिएकाछन । आजको फाइनल खेल साझ ६ बजे बाट सुरुहुने आयोजकले जनाएकोछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । आज को टिकट दर रु १५० रहेको आयोजकले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।