धरानमा जारी २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपमा सवारीसाधनको पार्किङ निशुल्क रहेको छ । २५ औ बर्षदेखी संचालन हुँदै आएको प्रतियोगीता हेर्न आउने दर्शकहरुले पार्किङ् शुल्क तिर्दै आएपनी २५ औ संस्करण चलिरहेको बेला पहिलो सेमिफाइनल खेल समाप्त भए संगै, धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले गोल्डकप हेर्न आउने दर्शकहरुको पार्किङ शुल्क लिए कार्वाही गरिने भनेर फेसबुकमा पोस्ट गरेपछी गोल्डकप आयोजक धरान फुटबल क्लबले आकास्मिक बैठक बसी,शुल्क नलिने निर्णय सहित विज्ञप्ती जारी गरेको छ । धरान फुटबल क्लवका अध्यक्ष प्रताप तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘ धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटवल क्लबको ध्यानाकर्षण भएको जनाएकोछ ।
विज्ञप्तीमा,- सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो। दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्यले क्लबले पार्किङ्गको जिम्मेवारी विभिन्न खेलकुद सम्बन्धि तथा सामाजिक संस्थाहरुलाई दिँदै आएको छ । यहि क्रमममा यसपाली धरान १९ स्थित युवा जागृति फुटबल क्लबलाई हामीले पार्किङ्गको जिम्मेवारी दिएका हौं। क्लबले पार्किङ्गबाट कुनै पनि रकम लिएका छैनौ र हाल सम्म लिने पनि गरेका छैनौं। ‘ भनी उल्लेख गरिएको छ ।
साथै पार्किङ्ग सम्बन्धी प्रश्न उठेपछि क्लबको आजको बैठकले आजै देखि लागु हुने गरि सवारी पार्किङ्ग निःशुल्क हुने जानकारी गराउँद छौं । तर दर्शकको सवारी साधनहरु हरायो, टुटफुट भएको अवस्थामा त्यसको जिम्मेवारी धरान फुटवल क्लब हुने छैन भन्ने कुरा यसै विज्ञप्तीद्वारा स्पष्ट पार्दछौं । बुढासुब्बा गोल्ड कप धरानको ‘पहिचान’ हो भन्ने कुरा व्यापक रुपमा सुनिने गरेको छ। तसर्थ यस ‘पहिचान’लाई जोगाउने हो भन्ने इमान्दारीपूर्वक सबैले सहयोग गर्नु पर्छ भन्ने हाम्रो बुझाइ हो। अन्यथा गोल्डकपको निरन्तरताको बारेमा हामले दुविधा महसुस गर्न थालिसकेको छौं । भनी उल्लेख गरिएको छ । आजको दोस्रो सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । माघ २६ गते सानीवार फाइनल खेल हुँदैछ । फाइनलमा चर्चब्वाइज काठमाण्डौ र एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबिचको बिजेता बिच हुनेछ ।