Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

साबिक विजेता एनआरटी ले केएफटिसी झापालाई ३–१ गोल अन्तरले हरायो

धरानमा जारी २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २२ गते २०:५९ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
साबिक विजेता एनआरटी ले केएफटिसी झापालाई ३–१ गोल अन्तरले हरायो
60
SHARES
Share on FacebookShare on Twitter

धरानमा जारी २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटरफाइनल समिकरण पुरा भएको छ । आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा साबिक विजेता न्युरोड टिम (एनआरटी)बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । (एनआरटी)लेकाँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी)झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।\

]एनआरटीका शिशिर लेखी,सरोज घिसिङ र रोहन खड्गीले गोल गरे ।काँकडभिट्टाका जर्सी ४ का रोबर्ट खोन्जोउले दोस्रो हाफको १५ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ ।खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै उनले नगद १० हजार पुरस्कार प्राप्त गरे ।

ADVERTISEMENT

पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको केएफटिसीले दोस्रो हाफको सुरुमा नै गोल खान पुग्यो ।खेलको ४८ औँ मिनेटमा एनआरटीका शिशिर लेखिले गोल गरे । सुजन लिम्बूले मिलाइदिएको क्रस पासलाई उत्कृष्ट ढङ्गबाट लेखीले बललाई जाली चुमाएका थिए । खेलको ६० औँ मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए ।शिशिर लेखिले प्रहार गरेको बल केएफटिसीका गोलकिपर अभिषेक बरालले रोकेका थिए ।

रिबाउण्ड भएको बललाई सुमित श्रेष्ठले मिलाइदिएको पासमा घिसिङले गोल गरेका थिए ।लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो । खेलको ६२ औँ मिनेटमा अभिषेक लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए ।

खेलको ७९ औँ मिनेटमा सुमित श्रेष्ठले मिलाइदिएको ब्याक क्रसलाई सुन्दर ढङ्गले खड्गीले गोल गरेका थिए । पहिलो हाफमा अग्रता बनाउन केएफटिसी चुकेको थियो । खेलको १६ औँ मिनेटमा रोबर्ट खोन्जाउले वान भर्सेज वानको स्थितिमा गोल गर्न चुके ।खेलको ४९ औँ मिनेटमा केएफटिसीका मौसम लिम्बूले डिबक्स भित्रबाट गोल गर्न सकेनन् । उनले प्रहार गरेको सशक्त बल एनआरटीका गोलकिपरले मुस्किलले रोकेका थिए ।

पेनाल्टी पोइन्ट नजिकै अनमार्क रहेका केएफटिसीका आशिष् चापागाईँले गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल आकासिएको थियो । एनआरटीले पहिलो हाफको तुलनामा दोस्रो हाफ राम्रो खेलेको थियो ।खेलको अन्तिममा एनआरटीका शिशिर लेखी वान भर्सेज वानमा गोल गर्न चुकेका थिए ।२५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौबीच दिउसो ३ बजेदेखि हुने भएको छ ।

Previous Post

‘जनै हराएको बाहुन’को थिम भिडियो ज्यादै मार्मिक, नयाँ प्रतिभाले गीत गाउने अवसर पाउने

Next Post

सरस्वती मावि पानबारीको ६६ औं वार्षिकोत्सवको अवसरमा दातालाई सम्मान र विद्यार्थीलाई छात्रावृत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist