धरानमा जारी २५ औ अन्तररास्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको दोस्रो दिन आयोजक धरान फुटबल क्लब धरान र युके एफसी भारत बिच भएको खेलमा गेट टिकटबाट रु एक लाख दुईहजार आम्दानी भएको छ । खेलको आम्दानी लाई पारदर्शी बनाउदै लैजानको लागी आयोजकले गत बर्षदेखी सहयोगीहरुको नाम फेसबुकमा सार्वजनिक गर्दै आएको छ । आयोजकले आफ्नो अफिसियल फेसबुक पेजमा पोस्ट गर्दै सबै दर्शकहरुलाई धन्यवाद दिदै दैनिक रुपमा उपस्थितीको लागी अनुरोध समेत गरेको छ ।
दोस्रो दिनको क्वाटरफाइनल खेलमा आयोजक धरान पाहुना टोली युके एफ सी सँग ट्राइबेकरमा ७-८ गोलले पराजित भएको थियो । पहिलो हाफमा १-१ को बराबरी खेलेको टिमले दोस्रो हाफमा दुबैतर्फबाट गोल गर्न नसके पछी खेल ट्राइबेकरमा धकेलिएको थियो । आयोजक धरान फुटबल क्लबका जर्सी नम्बर १३ का मनोज राईले प्रहार गरेको बल पोल माथीबाट बाहिरिए पछी पाहुना टोली युके एफ सी भारतले बाजी मारेको हो ।
खेलको म्यान अफ दि म्याच युके एफ सी भारतका जर्सी १५ का हेमराज भुजेल भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी सुनसरी र आर.टि.सी. फुटबल क्लब . भुटान विच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाएका छन भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहभागी छन ।