मोफसलकै सबैभन्दा पुरानो अनी प्रतिष्ठित गोल्ड कप, अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । आज भएको पहिलो उद्दघाटन खेलमा लिग बिजेता चर्च व्वाइजले धेरै पटक बुढासुब्बा गोल्डकपको उपाधी जितेको नेपाल पुलिस क्लब लाई १-० गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च व्वाइजलाई जित दिलाउन सन्ताेष खत्रीले गाेल गरेका थिए । उनले ४२ औं मिनेटमा अफ्रिकन खेलाडी एन्ड्रो एभिओ एमाहाको पासमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बनेका खत्रीले नगद १० हजार र ट्रफी हात पारे ।
भोली माघ २० गतेको खेल दोस्रो सेमिफाइनल खेल आयोजक धरान फुटबल क्लब धरान र युके एफ सी भारत बिच हुनेछ । प्रतियोगितामा भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाएका छन भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहभागी छन ।