स्पेनिश लालिगा एल क्लासिकोमा बार्सिनोला फुटबल क्लबले रियल मड्रीडको घरमै गएर ४ गोल ठोकेको छ । ५३ % बल पकड बनाएको बार्सिलोनाले दोस्रो हाफको ५४ मिनेटबाट गोल गर्न सुरु गरेको थियो । बार्सिलोनाको लागी रोबर्ट लेवान्डोस्कीले २ गोल गरे । उनले खेलको ५४ औं मिनेटमा वान भर्सेस वानमा गोलको खाता खोलेका थिए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को गोल थपे।

बार्सिलोनाका लागी लामिने यामलले ७७ औं मिनेटमा र राफिन्हाले ८४ औं मिनेटमा गोल गरेपछि रियल घरेलु मैदानमा पराजित भएको हो । रियलका केलियन एम्बाप्पेको खेलको ३० औ मिनेटमा गोल गरेपनी भिडियो असिस्टेन्ट रेफ्री भारले अफसाइड देखाए पछी रद्द भएको थियो । ११ खेलमा १० जित र १ हारका साथ ३० अंकसहित बार्सिलोना शीर्ष स्थानमा बलियो बनेको छ। समान खेलमा पहिलो हार बेहोरेको रियलको ७ जित र ३ बराबरीका खेल्दै २४ अंकका साथ दोस्रो स्थानमा छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।