साफ महिला च्याम्पियनसिप २०२४ को समुह ‘बी’ मा रहेको नेपाल महिला टिम समूह विजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा रेखा पौडेलले दुई गोल, सविता रानामगर, सावित्रा भण्डारी (साम्बा), अमिषा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरेका थिए । तीन खेलबाट सात अङ्क बनाएको नेपाल समूह विजेता र माल्दिभ्सलाई १३–० गोलले हराउदै समान सात अङ्क बनाएको भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।