कुनै समय मिनी ब्राजिल भनेर चिनिने धरानलाई चिनाउने बुढासुब्बा गोल्डकप पछी अब अर्को गोल्डकप प्रतियोगीता थपिएको छ । यही बर्षबाट सुरु भएको धरान ६ स्थित पानबारी फुटबल क्लबले आयोजना गर्ने पानबारी गोल्डकपको पहिलो संस्करण ‘पानबारी गोल्डकप -२०८१’ यही बैशाख २२ देखि २९ गते हुने भएको छ। प्रतियोगीता बारे जानकारी दिन आज पानवारी सामुदायिक वन उपभोक्ता समूह धरानको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकरी दिएको हो । गत सालनै पानवारी सामुदायिक वन उपभोक्ता समूहले प्रतियोगीता आयोजना गर्ने भनिएपनी सामुदायिक बनको काम फुटबल प्रतियोगीता गर्ने हैन भनी आलोचना भएपछी, पानबारी फुटबल क्लब दर्ता गरी प्रतियोगीता आयोजना गर्न लागीएको क्लबका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए । पानवारी सामुदायिक वन उपभोक्ता समूह धरानको सह-आयोजक रहने राइले बताए । राईले पानबारी फुटबल क्लब गठन भएको एक वर्ष पनि नबित्दै अन्तर्राष्ट्रिय स्तर सम्म प्रतियोगीतामा सहभागीता जनाउन सफल भएको सुनाए ।
पहिलो संस्करणको प्रतियोगीतामा जम्मा ८ टिमले सहभागीता जनाउने भएका छन । सहभागी टिमहरु पानवारी फुटबल क्लब, केएफसी मोरङ, बुल्स ११ इटहरी, योङ ब्वाइज तरहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लब, आरआईएफसी काठमाण्डौं रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख ११ हजार १११ रुपैयाँ सहित रनिङ कप, उपविजेताले नगद रु ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विद्यातर्फ उत्कृष्ट खेलाडीले नगद ७ हजार, हाई स्कोररले ५ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्स, मिडफिल्डरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट कोचले ५ हजार, म्यान अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । खेल पानबारी खेलमैदानमै हुनेछ ।
आजनै क्लब को सम्पर्क कार्यलय समेत उद्द्घाटन भएको छ । उदघाटन कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले गरेका थिए । उदघाटन पछी बोल्दै प्रमुख अतिथी किशोर राईले धरानमा यस्ता खालका प्रतियोगीताहुनु भनेको फुटबल खेललाई टेवा पुग्नु रहेको बताए । उनले स्थानिय युवा प्रतिभाहरु प्रस्फुटन गर्न यस्तो प्रतियोगीताले निकै महत्व राख्ने बताए । साथै राईले लामो समय सम्म धरान फुटबल क्लब चलाएको अनुभव शेयर गर्दै क्लब कसरी चलाऊने भन्ने बारे केही सल्लाह सुझाव पनि दिए । राईले पानबारीको फुटबल बिकासको लागी आफु अध्यक्ष रहेको संस्था र ब्यक्त्तीगत रुपमा लागी पर्ने प्रत्तीबद्दत्ता जनाए ।