नेपालमा हुने वार्षिक अन्तर्राष्ट्रिय क्लब स्तरको नकआउट फुटबल प्रतियोगीताहरु मध्ये पुरानो अनी सबैभन्दा उत्कृष्ट मानिएको बुढासुब्बा गोल्डकप को २४ औ संस्करण यही फागुन २६ गतेबाट सुरुहुने भएको छ । धरान फुटबल संघले प्रतियोगीताको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिताको बारेमा सम्पूर्ण जानकारी गराइएको छ । प्रतियोगीता यही आउने फागुन २६ गतेदेखी चैत्र ३ गते सम्म आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । क्लबले प्रत्येक वर्ष धरान रङ्गशालामा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता प्रिमियर कप हो जसले नेपाली फुटबललाई जीवित राखेको छ र नेपालका सबै उत्कृष्ट क्लबहरूबाट युवा र अनुभवी प्रतिभाहरू प्रदर्शन गर्दै आएका छन । यस बर्षको प्रतियोगीतामा भारतको एक टिम सहित ८ वटा फुटबल टिमहरुले सहभागीता जनाउने छन ।
७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च गरेर आयोजना हुने प्रतियोगीतामा लिग च्याम्पियन चर्च ब्वाईज, थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटि काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसि ले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव नबिन राईले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाश र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाश र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।