धरान फुटबल क्लब स्थापना भएको करिब २६ बर्ष भैसकेको छ । धरान फुटबल क्लबको स्थापनाकालका अध्यक्ष किशोर राई थिए । बिक्रम सम्बत २०५४ सालमा मा स्थापना भएको धरान फुटबल क्लबले मोफसलमै उत्कृष्ट फुटबल प्रतियोगीता बुढा सुब्बा फुटबल प्रतोयोगीता आयोजना गर्दै आएको छ । क्लब स्थापना भएको देखी कोरोना को समयमा बाहेक हरेक बर्ष आयोजना गर्दै आएको बुढासुब्बा फुटबल प्रतियोगीताको २३ औ संस्करण सम्पन्न भैसकेको छ । धरानले अझै पनि हरेक वर्ष धेरै फुटबलरहरू उत्पादन गर्दछ र मोफसलकै सबैभन्दा ठूलो फुटबल शहर मध्ये एक नम्बर धराननै हो भन्दा फरक नपर्ला । यही क्लबले आयोजना गर्दै आएको बुढासुब्बा फुटबल प्रतियोगीता मोफसलकै एक उत्कृष्ट प्रतियोगीता हो ।
नेपालमा हुने वार्षिक अन्तर्राष्ट्रिय क्लब स्तरको नकआउट संघ फुटबल प्रतियोगिता हो। धरान फुटबल क्लबले नेपालमा प्रत्येक वर्ष प्रदेश नम्बर १ धरानमा प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिता प्रिमियर कप हो जसले नेपाली फुटबललाई जीवित राखेको छ र नेपालका सबै उत्कृष्ट क्लबहरूबाट युवा र अनुभवी प्रतिभाहरू प्रदर्शन गर्दै आएकोछ । यी सबै योगदान दिने क्लब धरान फुटबल क्लबको २० बर्ष सम्म किशोर राईको नेतृत्वमा हुँदै आएको थियो । राई हाल एन्फा केन्द्रिय मानार्थ उपाध्यक्ष हुन भने कोशी प्रदेशका अध्यक्ष हुन । राईले दुई दशक सम्म अध्यक्ष रहेर संचालन गरेको धरान फुटबल क्लबले नयाँ अध्यक्ष पाएकोछ ।
शनिबार धरान स्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित धरान फुटबल क्लब को छैठौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट धरान फुटबल क्लबले नयाँ नेतृत्व पाएकोछ । किशोर राईको कार्यकाल सकिए संगै महासचिब प्रताप तमाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नयाँ समितीमा अध्यक्षमा प्रताप तामाङ,बरिस्ठ उपाध्यक्ष घनश्याम बुढाथोकी,उपाध्यक्ष नरेन्द्र कुमार चोङ्वाङ र रोमी मोक्ताङ,महासचिब नबिन राई, कोषाध्यक्षमा धनबहादुर राई र सहकोषाध्यक्षमा सागर घिमिरे चयन भएका छन् । सदस्यहरुमा विद्या शाक्य, सारदा लिम्बु, हिमाल दाहाल, अर्जुन राई, हेमकुमार गुरुङ, सतिस केसी, रविन राई, इन्द्रबहादुर थापा मगर, अशोककुमार राई, विनय श्रेष्ठ, दर्शन बिष्ट, डिल्लीराम श्रेष्ठ र किरण शर्मा चयन भएका छन् । साथै किशोर राईलाई मानार्थ अध्यक्षमा चयन गरिएको छ । मानार्थ अध्यक्ष राईले आफु क्लबको अध्यक्षतामा नभए पनि आफुलाई मानार्थ अध्यक्ष राख्ने निर्णय भएकोमा आभार व्यक्त गरे । साथै उनले धरान फुटबल क्लबलाई निरन्तर सहयोग गर्ने प्रतिवद्दत्ता जनाए । उनले आज सम्मको फुटबल क्लबको यात्रालाई निकै जोडबलका साथ यहाँ स्म्मा ल्याएको बताए । खेलकुदको लागी स्थानिय सरकारले ध्यान नदिएको प्रती आपती जनाए ।