धरान ख्रीस्ट्रिय समाजको आयोजना र न्यु लाइफ चर्च धरान -१२ को प्रायोजनमा धरानमा आयोजित पहिलो अन्तर इसाई समाज अगुवा भेट्रान फुटसल प्रतियोगीताको उपाधी दमक इसाई समाजले जितेको छ । प्रतियोगीताको रनर अप भने आयोजक टिम धरान ख्रीस्टिय समाज टिम ए भएको छ । जम्मा ८ टिम सहभागी भएकोमा दमक इसाई समाजले पहिलो खेलमा आयोजक टिमकै समुह सि लाई ४-२ गोलले , सेमिफाइनला समुह बि लाई ४-३ र फाइनलमा समुह ए लाई ५-३ गोलले पराजित गरेर उपाधी जितेको हो । च्याम्पियन दमक इसाई समाजले ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु ११००० एघार हजार हात पारेकोछ । रनर अप धरान ख्रीस्टिय समाज समुह ए ले भने ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु ७००० सात हजार हात पारेको छ ।
प्रतियोगीताको उत्कृष्ट गोल किपर दमक बाट,अर्पण राई,उत्कृष्ट खेलाडी धरान A का साइमन साउद, धेरै गोल गर्ने हाइ स्कोरर च्याम्पियन टिम दमकका डम्बर लिम्बु भएका थिए । लिम्बुले जम्मा ५ गोल गरेका थिए ।हरेक खेलका एकजना उत्कृष्ट खेलाडीले बिशेष उपहार पाएका थिए । प्रतियोगीतामा धनकुटा इसाई समाज , इटहरी इसाई समाज, उर्लाबारी इसाई समाज, धरान ख्रीस्टीय समाज ए, बि र सि गरेर ८ टिमको सहभागीता थियो ।
एलोहिम चर्चका पास्टर मणी गुरुङको संयोजकत्वमा आयोजित प्रतियोगीताको समापन समारोहका सभापती आयोजक धरान ख्रीस्टिय समाजका अध्यक्ष एल्डर गोविन्द राई ,प्रमुख अतिथी प्रदेश नम्बर एक इसाई समाजका अध्यक्ष बिक्रम एक्तेन लिम्बु थिए । उनले यस्ता प्रतियोगीता अन्य इसाई समाजले पनि यस्तो खेल प्रतियोगीताहरु आयोजना गर्नु उत्तम हुने बताए । खेलहरु आयोजना गर्नु भनेको जित्नु र हार्नु मात्र नभएर भेटघाट गर्ने अवसर भएको बताए । एक्तेनले आजको प्रतियोगीतामा खेल मात्र हैन संगती पनि भएकोले इसाई हरु खेल , व्यवसाय , संगीत सबैमा भाग लिन आवश्यक रहेको उल्लेख गरे । आयोजक धरान ख्रीस्टिय समाजका अध्यक्ष प्रतियोगीतामा भाग लिन गरेक टिम बाट प्रबेश शुल्क रु एघार सय राखिएको थियो । खेललाई दुई जना रेफ्री हरु सन्जय साम्पाङ र रोशन मगरले खेल खेलाएका थिए ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।