धरान स्थित डिपो मावि धरान १७ को आयोजनामा हुने ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कपको १८ औ संस्करण यही मंसिर १५ गतेदेखि सञ्चालन हुने भएको छ । मंसिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा टिम सहभागी हुने र पहिलो चरणमा पराजित टिमहरुबीच पुनः दिलकुमार प्लेट च्याम्पियन कप आयोजना हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा कक्षा ५ सम्मका र १२ बर्षमुनिका विद्यार्थीहरु मात्र सहभागी हुन पाउने विद्यालयका प्रध्यानध्यापक राजकुमार राईले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरु धेरै भएपनि टिम दर्ता गर्न आउने पहिलो १६ वटा मात्र अवसर पाउने राईले जानकारी दिए ।
गत बर्ष धरान १३ को नेपाल प्रहरी स्कुल च्याम्पियन भएको थियो भने इष्टर्न एजुकेस्नल एकेडेमी धरान १७ उपविजेता र धरान लिगामेन्ट स्कुल धरान १६ तेस्रो भएको थियो । यस्तै, धरान १७ को एक्वा डायनेष्टी स्कुल प्लेट च्याम्पियन भएको थियो भने बराह राईजिङ स्टार स्कुल बराहक्षेत्र उपविजेता भएको थियो । ललित अम्बर डिपो कपको विजेताले नगद ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने टिमले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणप पाउनेछ । यसैगरि, प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ ।