स्पेनिश लालिगामा बार्सिलोनाले चमत्कारीत गोल गर्दै शिर्षस्थानमा उक्लिएको छ । गएराती भएको सेल्टा भिगो सँगको खेलमा अन्तिम १० मिनेटमा ३ गोल गर्दै चमत्कारीक जीत निकालेको हो । बार्सिलोनाको आफ्नै होम ग्राउण्डमा भएको खेलमा पहिलो हाफको १९ औ मिनेटमा सेल्टाभिगोका स्टार्नो लार्सेनको गोलमा अग्रता बनाएको थियो । बार्सिलोनाका डिफेन्डरको कमजोरीको फाईदा उठाउदै उनले गोल गरेका थिए । बल पोसेसन बार्सिलोनाको पकडमा भएपनी दोस्रो हाफको ७६ औ मिनेटमा डाउबिकासको गोलमा पुन अग्रता बनाउदै लगभग जितको पक्का गरेको सेल्टाभिगो बार्सिलोनाका खेलाडीको चमत्कारले निरास भयो ।

बार्सिलोनालाई खेलमा फर्किनु ८० मिनेट लाग्यो । जाओ फ्लिक्सको असिस्टमा लेवान्डस्कीले ८१ औ मिनेटमा गोल गरे । यसै गरी ८५ औ मिनेटमा जाओ कान्सिलोको असिस्टमा लेवानडस्कीले पुन व्यक्तीगत दोस्रो गोल गर्दै बराबरीमा ल्याए । खेलको निर्धारित समय सकिन १ मिनेट बाकी रहदा गावीको असिस्टमा जाओ कान्सिलोले गोल गर्दै टिमको जीत सुनिस्चित गरेका थिए । यसरी चमत्कारीक जित निकाल्दै बार्सिलोना १६ अंक जोडदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । खेलको म्यान अफ द म्याच बार्सिलोनाका गोल किपर तथा क्यापटेन टेर स्टेगन भए ।
https://www.youtube.com/watch?v=2kp5exmJFek






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।