गत बर्षदेखी सुरु भएको धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण भदौ २५ देखि सुरु हुने भएको छ । शुक्रबार आयोजक धरान मेगा कलेजले धरान मेगा कलेजमा गरेको पत्रकार सम्मेलनमा प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । धरान –१८ निवासी रेवती रमण राई र आमा सुजता राईको सुपत्र हुन्,रेवाहाङ राईको १६ वर्षको कलिलो उमेरमा २०७७ माघ २० गते निधन भएपछी उनकै सम्झनामा बुवाआमा द्वारा कोष खडा गरी गत बर्षदेखी मेगा कलेजको आयोजनामा प्रतियोगीता सुरुगरिएको हो । भदौ २५ गतेदेखी सुरुहुने प्रतियोगीताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजक मेघा कलेजले आज पत्रकार सम्मेलन गरी जानकारी दिएकोछ । प्रतियोगीताको दोस्रो संस्करणमा कोशी प्रदेशका बिभिन्न जिल्लाका +२ बाट १६ टिमले सहभागीता जनाउने मेगा कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिए ।
भदौ २५ गते सोमबारदेखी सुरुहुने प्रतियोगीता ३० गते सम्पन्न हुने अध्यक्ष लिम्बुले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा धरान र धरानवरपरका जिल्ला तथा क्षेत्र कापा, धनकुटा र तरहराका कलेज तथा स्कुलबाट समेत गरी १६ वटा टिमले सहभागिता जनाउनेछन् । सहभागी विद्यालयहरुमा आयोजक धरान मेघा कलेज ए र बी, डिपो स्कुल, सियोन स्कूल, धरान आदर्श, धरान उच्च ए र बी. प्रभात स्कुल, नवोदय युएन स्कुल, कार्मेल स्कुल, होलिल्यान्ड स्कुल, विष्णु स्कुल, युनाइटेड गोर्खा स्कुल, हिमशिखर तरहरा, आदर्श स्कुल अफ म्यानेजमेन्ट विर्तामोड र बाल संसार सेकेन्डरी धनकुटा रहेका छन्। प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोककुमार राईको हातबाट हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान मेघा र होलिल्यान्ड स्कूलविच हुनेछ । प्रतियोगिताको उद्घाटन बिहान ८:३० बजे हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान मेघा कलेज बी र होलिल्यान्ड स्कुलबिच हुनेछ । सोही दिन कार्मेल र धरान आदर्श स्कुल र बाल संसार धनकुटा र युनाइटेड गोर्खा स्कुलबिच समेत प्रतिस्पर्धा हुनेछ ।
पुरस्कार क्रमस १५ हजार र दोस्रो हुनेले ७ हजार ५०० प्राप्त गरेको आयोजक धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । यस बर्षबाट भने पुरस्कार राशी बढाएर प्रथम हुनेलाई नगद २० हजार ट्रफी मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने लिम्बुले बताए । प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता हुन पाउँछन् , प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना अनिबार्य सहित कक्षा ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता पाउने छन् । उमेरको हकमा भने १८ वर्षका तर १९ वर्ष नपुगिसकेका खेलाडिहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बास्केट बल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । उनका अनुसार खेल प्रतियोगिताको फाइनल खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । सम्पूर्ण खेलहरु धरान मेघा हिमालयन कलेजमै हुने चाम्लिङले जानकारी दिए । प्रतियोगीताको उदघाटन नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री अशोक राईले गर्ने आयोजक ले जनाएको छ । मृतक रेवाहाङको नाममा उनको अभिभावकहरुले गत वर्षदेखि रु दुइलाखको अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजना सुरु गरेका हुन ।