स्पेनिश लालिगामा क्याटलान क्लब बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको स्पेनिश क्लब ओसासुना सँग भएको खेलमा २-१ गोलले बिजयी हुँदै १० अंकका साथ तेस्रो स्थानमा उक्लिएको हो । लिगको दोस्रो स्थानमा समान अंकका साथ गिरोना र २ अंकले लिड गर्दै १२ अंकका साथ रियल मड्रीड पहिलो स्थानमा रहेको छ । पहिलो हाफको थप गरिएको २ मिनेटको समयमा गुन्डोगनको कर्नरबाट जुलेस काउन्डेको हेडरमा बार्सिलोनाले अग्रता लिएको थियो तर ७६औं मिनेटमा चिमी एभिलाले बक्सको छेउबाट गोल गर्दै गोल गर्दै बराबरीमा ल्याएका थिए । डिफेन्डरलाई अन्तिम म्यान फाउलको लागि रातो कार्ड देखाइएको थियो र लेवानडस्कीको पेनाल्टी गोलमा बार्सिलोनाले अग्रता लिदै जित सुनिस्चित गरेको थियो । डिफेन्डिङ ला लिगा च्याम्पियनले गेटाफेमा गोलरहित बराबरीमा सिजनको सुरुवात गरेपछि लगातार तेस्रो जित निकालेको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।