गत बर्षदेखी सुरु भएको धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण भदौ २५ देखि सुरु हुने भएको छ । बिहीवार आयोजक धरान मेगा कलेजले धरान मेगा कलेजमा गरेको पत्रकार सम्मेलनमा प्रतियोगीता बारे जानकारी दिएको छ । धरान –१८ निवासी रेवती रमण राई र आमा सुजता राईको सुपत्र हुन्,रेवाहाङ राईको १६ वर्षको कलिलो उमेरमा २०७७ माघ २० गते निधन भएपछी उनकै सम्झनामा बुवाआमा द्वारा कोष खडा गरी मेगा कलेजको आयोजनामा प्रतियोगीता सुरुगरिएको हो । गत बर्षबाट सुरु भएको प्रतियोगीताका बिजेता मेगा कलेज धरान र एम्स कलेज दोस्रो भएका थिए ।
उनीहरुले पुरस्कार क्रमस १५ हजार र दोस्रो हुनेले ७ हजार ५०० प्राप्त गरेको आयोजक धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । यस बर्षबाट भने पुरस्कार राशी बढाएर प्रथम हुनेलाई नगद २० हजार ट्रफी मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने लिम्बुले बताए ।
प्रतियोगीतामा धरान आसपासकाका स्कुल तथा कलेज गरि यस पटक प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता हुन पाउँछन् , प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना अनिबार्य सहित कक्षा ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता पाउने छन् । उमेरको हकमा भने १८ वर्षका तर १९ वर्ष नपुगिसकेका खेलाडिहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बास्केट बल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । उनका अनुसार खेल प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । सम्पूर्ण खेलहरु धरान मेघा हिमालयन कलेजमै हुने चाम्लिङले जानकारी दिए ।
photo : Pratit Chamling