Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा ८ औ बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख ३१ गते ०७:३७ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
धरानमा ८ औ बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न
63
SHARES
Share on FacebookShare on Twitter

बिकास चाम्लिङ राई
धरान । धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज(शनिवार) समापन भएको छ ।
धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो ।२०७९ सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता रहेको थियो ।


ट्रेनिङमा सहभागि प्रशिक्षार्थीलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथी उप मेयर वेघा, बिशेष अतिथी धरान उपमहानगरपालिका सामाजिक बिकाश समिती संयोजक सृजना नेपाल लगायत अतिथीहरु सहितले प्रमाण पत्र र टि–सर्ट प्रदान गरेका छन । विद्यार्थी खेलाडिहरुका लागि धरान मेघा हिमालयन कलेजले टि सर्ट उपलब्ध गराएको आयोजकले जनाए ।
समापन कार्यक्रमलाई संवोधन गर्दै उप–मेयर वेघाले धरानको समग्र खेलकुदको विकास एकिकृत ढंगले नभएको भन्दै आगामी दिनमा समग्र खेल विकासको लागि न्यायोचित र एकिकृत ढंगले योजना वनाएर अघि वढ्नु पर्ने वताउनु भएको छ । उहाँले भन्नु भयो,‘खेलकुदको विधा र यसको क्षेत्राधिकार वृहत छ,समग्र खेलको विकासमा सहयोग र न्यायचित व्यबहारले मात्रै धरानको खेलकुद क्षेत्र माथि उठ्न सक्छ। ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीहरुलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले बताउनु भयो ।


उहाँका अनुसार एक हप्ताभित्र नै सहभागि खेलाडीहरु वीच प्रतियोगितात्मक खेल पनि खेलाइने भएको छ ।
समापन कार्यक्रममा १६ न. वडाका वडाध्यक्ष मुरारी भट्टराई , धरान मेघा कलेजका प्राचार्य भाष्करण पौडेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकॠषि राई लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । हरेक वर्ष संघ मार्फत वास्केटवल ट्रेनिङ क्याम्पका उत्कृष्ट प्रशिक्षार्थीलाई छात्रवृति सहितको व्यवस्था गर्दै आएको छ । विद्यालयहरसँग संघले समन्वय गरेर जेहेन्दार र बास्केटवलमा रुचि राख्ने विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गदैं आइरहेको छ । हालसम्म ८ औं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा करिब एक हजार विद्यार्थी खेलाडीहरु प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालय र कलेजहरुमा एक सय भन्दा बढि खेलाडीहरु निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइसकेका छन् ।

ADVERTISEMENT

सहभागीहरुलाइ राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ, आस्था राई, तनु राई, सितल तामाङ, एल्भिना गुरुङ, समीर राइ, चिरञ्जीवी गिरि लगायतले नियमित प्रशिक्षण दिएका थिए । संघले विगत १२ बर्षदेखि प्रशिक्षण दिदैं आएको छ । राष्ट्रिय खेलाडी तथा १३ औं सागको सिल्भर मेडल विजेता डा. आशा राई, हेमन्त राई, राष्टिय खेलाडी बैभव योगी, रबि बास्फोर, तनु राई, सीतल तामाङ, लियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, कबिन मगर लगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरु हुन । उनीहरु जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ ।
ट्यालेन्ट हन्ट क्याम्प धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।

Previous Post

सन्तोष सेनलाई ‘द ट्रेण्डसेटर’ को अवार्ड

Next Post

२ थान पेस्तोल सहित धरानबाट ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist