आज बाट सुरु भएको प्राइमिनिस्टर थ्री नेसन्स कप -२०७९ मा नेपाल लाओस माथि २-० गोलले बिजयी भएको छ । डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले लाओस माथी बिजय भएको हो । नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालका लागि नवयुग श्रेष्ठले लामो दुरीबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे ।नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानको सामना गर्नेछ । मंगलबार नेपालसँग खेल्नुअघि भुटानले शनिबार लाओसको सामना गर्नेछ । शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।