धरानमा जारी २३ औ बुढासुब्बा टुबोर्ग गोल्डकपमा फाइनल पुग्ने अर्को टीम एभिनिएर एफसी क्यामरुन रहेकोछ । अब उपाधिको लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच प्रतिस्पर्धा हुने भएको छ । एभिनिएर एफसी क्यामरुनले आज बिहीवार भएको अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन भए , उनले नगद रु १० हजार प्राप्त गरे । फाइनल खेल अगामी शनिबार हुने आयोजक धरान फुटबल क्लबले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।