धरान १६ स्थित धरान रङ्गशालामा जारी २३ औ बुढासुब्बा गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । आज मङ्गलबार बङ्गलादेशको काउरन बजार प्रगति संघ र एन्फा मोरङ वीचको अन्तिम खेल सङ्गै सेमिफाइनल समिकरण पुरा भएको हो । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा काउरन बजार प्रगति संघलाई ट्राइब्रेकरमा ३-१ गोल अन्तरले हराउदै एन्फा मोरङ सेमिफाइनलमा प्रबेश गरेको हो । निर्धारित समयमा दुवै टिमले थुप्रै मौका पाएपनी गोल गर्न नसकेपछी खेल सिधै पेनाल्टी शुटआउटमा गएको थियो ।
वंगलादेशका खोका बाबु बाहेक कसैले गोल गर्न सकेनन । यता मोरङबाट धिरे विष्ट बाहेक सबैले गोल गरेर सेमिफाइनलमा प्रबेश गरेका हुन । खेलको म्यान अफ द म्याच मोरङका गोलकिपर रमिजय गच्छदार भए उनले नगद १० हजार पनि हात पारे । बुधबार हुने पहिलो सेमीफाइनल खेलमा काकडभिट्टा ट्रेनिङ सेन्टर झापा र युनाइटेड कर्साङ फुटबल क्लब, भारतबीच हुनेछ । आज (मंगलबार)को विजेता एन्फा मोरङले बिहिबार क्यामरुनी क्लब एभिनियरको सामना गर्नेछ ।