Thursday, December 7, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान मेघा हिमालयन कलेजले जित्यो बास्केटबलको दुबै उपाधी

प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको महिला र पुरुष दुबै उपाधी धरान मेघा हिमालयन कलेजले जितेकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन ११ गते ०८:४८ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
धरान मेघा हिमालयन कलेजले जित्यो बास्केटबलको दुबै उपाधी
83
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको महिला र पुरुष दुबै उपाधी धरान मेघा हिमालयन कलेजले जितेकोछ । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा महिला तर्फ सियोन स्कुललाइ २९-११ र पुरुष तर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरिलाइ ४२-३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधी माथी कब्जा जमाएको हो । फाइनल खेलमा छात्रातर्फ सहज जीत निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्येक क्वाटरमा ३–१, ६–४, ८–० र १२–६ अंक जोडेका थिए । पुरुषतर्फ अत्यन्त प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३–१२, १३–७, ७–१४ र ९–६ अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राइले १९ अंक जोडे । प्रतियोगिताको फाइनल खेल प्रमुख अतिथी मेयर हर्कराज साम्पाङ राईले बास्केटबल सट गरेर गरेका थिए । खेलपछी कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरानलाई बास्केटबलले चिनाएको भन्दै धन्यवाद दिए ।

धरान मेघाले उपाधी सङ्गै पुरुष तर्फ नगद ३० हजार र महिला तर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरी पुरुष तर्फका उपबिजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, महिला त्रफका उपबिजेता सियोन स्कुलले नगद १० हजार रुपया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी , अल्फा बिटा कोयला एजुकेसनका अध्यक्ष लोकेन्द्र श्रेष्ठ , म्यानिजिङ डाइरेक्टर सन्जिब राई, बास्केटबल संघका कोषाध्यक्ष गौरब श्रेष्ठले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि मोस्ट भ्यालुएबल पुरस्कारको उपाधी दिदीभाइले जितेका छन् । धरान मेघा कलेजको १२ कक्षामा अध्यनरत योगेश राई र ब्याचलर पहिलो वर्षमा अध्ययनरत तनु राइले उपाधी जितेका हुन् ।

सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग तथा अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजनमा धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान १८ वडाध्यक्षा प्रविन राई, १० न. वडाध्यक्ष विवेक राई, १६ न. वडाध्यक्ष मुरारी भट्टराई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको फाइनल खेल प्रमुख अतिथी मेयर हर्कराज साम्पाङ राइले बास्केटबल सट गरेर गरेको थियो । उनले एकै सटमा बास्केटबल रिङमा बास्केट गरे पछि फाइनल खेल प्राबिधिकहरुले सुरु गरेको थियो ।

Previous Post

चिटिक्क सजिएको धरान एक्स्पो , मुख्यमन्त्रीले उदघाटन गर्ने

Next Post

निजी क्षेत्रको हात समाएर हिडनु अहिलेको आवश्यकता – मुख्यमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

by हंगामा खबर
२०८० मंसिर २१ गते १७:२८ बजे प्रकाशित
0

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
0

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist