अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर बिभिन्न राजनीतिक पार्टीहरुले चुनावी घोषणापत्र सार्वजनिक गरेकाछन । आज मात्र तीन पार्टीहरु नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र राप्रापाले घोषणा पत्र जारी गरेकाछन । आ–आफ्ना पार्टीले सार्वजनिक गरेका घोषणपत्र बोकेर उम्मेदवार र पार्टीका नेता कार्यकर्ताहरु कात्तिक १८ गतेबाट औपचारिक रुपमै मतदातामाझ पुग्दैछन् । सोमबार मात्रै तीन वटा राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन । सोमबार माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा आगामी ५ वर्षमा २० लाखलाई रोजगारी दिने योजना अघि सारेको छ । प्राधिकरणसँग समन्वय गरी राष्ट्रिय गौरवका आयोजना, उत्पादनमा आधारित कृषि परियोजना, पर्यटन र औद्योगिक प्रतिष्ठानमा १० लाख युवालाई रोजगारी दिइने माओवादीले जनाएको छ ।
पार्टी नेकपा (एकीकृत समाजवादी) ले विदेशबाट फर्किएका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।यता राप्रापाले राष्ट्रपति हटाएर राजसंस्थालाई अभिभावक बनाउने घोषणा गरेको राप्रपाले भने काठमाडौमा रहेको वीर अस्पतालजस्तै अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने जनाएको छ । एकातिर प्रदेश संरचना खारेजको प्रस्ताव गरेको राप्रपाले अर्कोतिर सातै प्रदेशमा वीर अस्पताल बराबरको अस्पताल बनाउने भनेर विरोधाभाषपूर्ण प्रस्ताव गरेको हो ।