संघीय लिम्बुवान राष्ट्रीय मन्च धरान नगर कमिटीका अध्यक्ष सन्जुहाङ सावा लिम्बू सहित नगर र वडाका १ दर्जन बढी जिम्मेवार नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन।धरान-१२ स्थित होटल पुर्बी स्टारमा आईतवार आयोजित पार्टी प्रबेश कार्यक्रममा नगर अध्यक्ष सन्जुहाङ्ग् को नेतृत्वमा नगरका एक दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन । पार्टी प्रबेश गर्नेहरुमा नगरका जिम्मेवार नेता, कार्यकर्ताहरुमा बिनोद लिम्बू, दिपक राई, छबिन लिम्बू, लोकेन्द्र लिम्बू, आशिष् लिम्बू, पुर्ण सावा लिम्बू, हर्क राई, प्रकाश लिम्बू रहेका छन।त्यस्तै रत्न लिम्बू, पदम तामाङ,कमल तामाङ र राजकुमार सुन्दास समेत माओवादी केन्द्रमा प्रबेस गरेका हुन । संघीय लिम्बुवान राष्ट्रीय मन्च परित्याग गरि माओवादी केन्द्रमा प्रबेस गरेका नव प्रबेसी नेता, कार्यकर्ताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले, संबिधान सभाका सदस्य एबम पार्टीका केन्द्रीय सदस्य किरण कुमार राई,प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एबम पार्टीका प्रदेस न १ का सदस्य मुक्सामहाङ मेन्याङ्बो(मुकेस), धरान उप-महानगरपालिकाका उप-मेयर एबम माओवादी केन्द्रका प्रदेस सदस्य अइन्द्र बिक्रम बेघा लगायतले अबिर र खदा लगाएर स्वागत गरेका थिए ।
नव प्रबेसी सन्जुहाङ सावा लिम्बुलाई माओवादी केन्द्रको नगर उपाध्यक्ष र बिनोद लिम्बुलाई नगर सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको धरान नगर अध्यक्ष मनोज भट्टराईले जानकारी दिए। उनले भने-“चाडै पार्टीको बैठक बसेर अन्य नेता, कार्यकर्ताहरुलाई पनि उचित जिम्मेवारी दिइने बताएकाछन् । पुर्ववत पार्टीको नेतृत्व पंक्तिले एक्लौटी ढङ्गले काम गरेका कारण माओवादी केन्द्रमा प्रवेश गरेको सन्जुहाङ सावाले बताए। करिब १० बर्ष अघि एक्लै लिम्बुवानमा छिरेर मिहिनेत पुर्वक सङ्गठन गरेर हिडेको हुनाले माओवादी पार्टीमा प्रबेस गरेर नमस्कार थाप्न नभई पार्टी मजबुद बनाउन प्रवेश गरेको सावाले बताए।”हामी एक ढिक्का भएर गठबन्धनलाई जिताउन लाग्छौ”-सावाले भने।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्री काफ्लेले परिबर्तनको एजेन्डालाई संस्थागत गर्न र प्रतिगमनलाई शिर उठाउन नदिनका लागि गठबन्धनलाई जिताउन आवस्यक भएको बताए।सुन्सरी-१(क) प्रदेस सभा सदस्यका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार उमेश थापाले भावनात्मक रुपमा एक भएर गठबन्धनलाई जिताउन आग्रह गरे।प्रतिनिधि सभाका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो(मुकेस) ले आफू निर्वाचित भएमा सबैसङ्ग सहकार्य गरेर सुनसरी-१ को बिकासमा लागिपर्ने बताउदै गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन आग्रह गरे।त्यस्तै सुनसरी-१(ख) का गठबन्धनका साझा उम्मेद्वार रेवती रमण राईले प्रतिगमनकारीहरुलाई परास्त गर्न गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन आग्रह गरे।कार्यक्रममा माओवादी केन्द्र धरानका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो।