सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी वीच पार्टी एकता हुने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन्।बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ। बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ।समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन्।त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।