नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष तथा रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ (चौधरी) लाई हेरेर राजनीतिमा आएको दावी गर्ने चर्चित पत्रकार ॠषि धामलाकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख , कलाकार एलिजा गौतमले धरानका मेयर हर्क साम्पाङलाई भेटेपछि राजनिती छोडेर सामाजिक सेवामा लाग्ने भन्दै आफ्नो ५ महिने राजनीतिक यात्रालाई धरान आएर बिश्राम लिएकीछिन । बिहीवार बिहान धरान आएकी एलिजा मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा सहभागी भएर साम्पाङको कामबाट आफु प्रभावित भएको बताउदै राजनीतिक यात्राबाट बिश्राम लिएको बताएकि छिन । उनले अब राजनीति हैन समाजसेवामा आफु निरन्तर रुपमा लाग्ने पनि बताएकिछिन ।