शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपा नेता रामसहाय प्रसाद यादव बिजयी भएका छन । शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी हुनुभएको हो। यादवले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गरेका थिए । उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नु भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताले बधाई दिएका छन ।प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेता र निर्वाचन आयोगका निर्वाचन आयुक्तले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिए ।