नव निर्वाचित राष्ट्रपती रामचन्द्र पौडेलले निर्वाचन आयोगद्वारा प्रमाणपत्र ग्रहण गरेका छन । नेपालका चौथो कार्यकालका लागी तेस्रो राष्ट्रपतीमा नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन । पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । उनलाई नेपाली कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपति पदका लागि मतदान गरेका हुन्।
पौडेल राष्ट्रपति पदको शपथपछि राष्ट्रपति कार्यालय शीतल निवासमा बस्नुहुनेछ। पौडेललाई नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उहाँलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन । नेपाली साहित्यमा स्नातकोत्तर पौडेलले संस्कृतमा शास्त्री गर्नुभएको छ। पौडेलका श्रीमती सविता पौडेल, चार छोरी (शर्मीला, संज्ञा, अनुज्ञा, अवज्ञा) र एक छोरा चिन्तन पौडेल हुनुहुन्छ। व्यास नपा–२ अमरापुरी, दमौली तनहुँका स्थायीबासी पौडेल काठमाडौंमा बोहोराटार,बालाजुमा बस्दै आएका छन ।