पछील्लो समय हरेकको हातमा स्मार्ट फोन छ । हरेक मानिसहरु बिभिन्न एप्सहरु चलाऊछन । तिनै एप्सहरु पछील्लो समय कसैको लागी बरदान बनेकोछ भने कसैको लागी काल बनेकोछ । यस्तै एउटा चर्चित एप्स इन्स्टाग्राममा आएको क्यानाडाको रोजगारीको बिज्ञापनमा विश्वाश गर्दा साँढे ३४ लाख गुमेकोछ । इन्स्टाग्राममा क्यानडमा राम्रो सुविधासहित वर्कपरमिट भिसा पाइने नक्कली विज्ञापनको विश्वासमा पर्दा ३४ लाख ५७ हजार ७१० रुपैयाँ गुमेपछि मात्रै एक व्यक्तिले आफू ठगीमा परेको पत्तो पाएको काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा क्याडनमा वर्कपरमिटसहितको रोजगारी पाइने विज्ञापन देखेपछि पीडित व्यक्तिले इनस्टाग्राम प्रयोगकर्तासँग कुराकानी गर्न सुरु गरेका थिए । यसरी अनलाइनमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ का लक्ष्मण नेपाली र सप्तरीको राजविराजका महावीर प्रसाद साहलाई पक्राउ गरी ठगीको कसुरमा थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।