लाहुरे हरुको शहर अनी फेशनको शहर धरानमा रु ५० मै कपडा पाईन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । धरान फेशनको शहर भएकै कारण यहाँ लुगा कपडाहरु धेरै महङ्गो महङ्गो मुल्य पर्दछ । तर यही महङ्गो र फेशनेबल शहर धरानमा रु ५० मै कपडा पनि पाईन्छ । धरान १२ स्थित छाता चौकमा साप्ताहिक रुपमा हरेक सोमबार लाग्ने सोमबारे बजारमा रु ५० देखी नै कपडा पाईन्छ । हरेक सोमबार लाग्ने सस्तो बजारको रुपमा लाग्ने यस बजारमा धरानका सर्वसाधारण देखी ठुल ठुला घरानाका मान्छेहरु समेत किनमेल गर्न आउने गर्दछन । यहाँ धेरै सस्तो र राम्रो लुगा कपडा पाउने भएकाले हरेक हप्ता ठुलो भिडभाड हुनेगर्दछ । यती बेला तिहारको चाहलपहल सङ्गै बजारमा भिडभाड झनै बडेकोछ । आज सोमबार त्यस बजार क्षेत्रमा पुग्दा भिडभाड सँगै हो हल्लाह सुनिन्थ्यो सय को जोडी सयको जोडी भन्दै व्यापारीहरु चिच्याइरहेका थिए भने ग्राहक हरु अझै बार्गेनिङ्ग गरिरहेको सुनिन्थे । चाड पर्व बाहेक अन्य दिनहरुमा पनि उतिकै रुपमा भिडभाड हुने यस बजारमा तिहारमा झन भिड भएको एक व्यापारी सोनिम शाहले बताए । सोनिमले मौसम अनुसारको लुगा कपडा बेच्ने गरेको भन्दै सबैले सस्तो खोज्दै यस बजारमा आउने गरेको सुनाए । उनका अनुसार यो बजारमा खान्दानी देखिने धेरै ग्राहक हरु आउने गरेको र उनिहरुले नै धेरै बर्गेनिङ गर्ने गरेको सुनाए ।