धरान नगरपालिका स्थापना भएको अवसरमा यही पौष २० गतेदेखि तीन दिन सम्म धरान उत्सव हुने भएकोछ । मंगलबार सुनसरी उद्योग वाणिज्य संघमा आयोजित बैठकले मुल आयोजक समिति गठन गरेको छ । बैठकले मेयर हर्क साम्पाङ संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मुल आयोजक समिति गठन गरेकोछ । समितीमा मेयर साम्पाङको संयोजकत्वमा ५ सदस्यीय स्टेयरिङ कमिटी पनि गठन गरिएको छ ।
उक्त स्टेयरिङ कमिटीको सदस्यमा अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र सदस्य सचिवमा आर्थिक महाशाखा प्रमुख भक्तिराज शर्मा रहेने निर्णय गरिएको छ । बिगत बर्षहरुमा धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा हुदै आएको धरान उत्सव यस बर्ष भने धरान १६ स्थित रंगशालाको दक्षिणी खाली मैदानमा आयोजना गर्ने निर्णय भएकोछ । पौष २० गतेदेखि २३ गतेसम्म हुने उत्सव बिहान ७ बजेदेखि राती ९ बजेसम्म हुनेछ ।