बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिदै आएको स्वास्थ्य विमा सेवा लिन साउन १ गतेदेखि स्थानीयरजिल्ला अस्पतालबाट रेफर सिफारिस लिएर आएका वीमित बिरामीहरूले मात्र उपचार सेवा पाउने स्वास्थ्य बिमा बोर्डले सूचना जारी गरेपछि आन्दोलित भएको धराने जनताको माग सुनुवाई भएको छ । धरानमा रहेका विििभन्न राजनितिकदलहरुले विरोध ¥याली देखि ज्ञापनपत्र बुझाउने काम गरिरहदा, नेपाली कांग्रेसका केन्द्रिय नेता मिन बिश्वकर्माले स्वास्थ्यमन्त्री प्रदिप पौडेल संग निरन्तर संवाद गरिरहेका थिए । बिश्वकर्माले पहिलो चरणको अपडेट सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराउँदै, स्वास्थ्य विमा सेवा पुन धरानबाट सञ्चालन गर्न स्वास्थ्य मन्त्री संग पहल भईरहेको जानकारी गराएका थिए ।
धरानका स्थानिय राजनितीक दल नागरिक समाजको निरन्तर दवाव र पुर्व राज्यमन्त्री बिश्वकर्माको निरन्तर पहलमा मंगलवार स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ विमा प्रयोजनका लागि आधारभूत स्वास्थ सेवा विन्दु पुन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई कायम गरिएको भनी बिश्वकर्माले माननीय स्वास्थमन्त्री प्रदिप पौडेलज्यूलाई हार्दिक धन्यवाद भनी पोष्ट गरेका छन । धरानमा रहेका राजनितीक दल र नागरिक समाजले धरानमा स्वास्थ्य केन्द्र नगर अस्पताल नभएकोले बिपी प्रष्ठिानलाई नै बिमा बोर्डले प्रथम सेवा विन्दु र रेफरल सेन्टर सेन्टर कायम गर्न माग गर्दै विरोध प्रदर्शन गर्दै आएका थिए ।
बिपी प्रतिष्ठानले मुलुकमै सबैभन्दा बढी बिमितको उपचार सेवा प्रदान गर्दै आएको तथ्य बीमा बोर्डले सार्वजनिक समेत गरेको छ ।बीमा बोर्ड र बिपी प्रतिष्ठान बीचको सम्झौताको म्याद असार ३२ गते समाप्त हुँदैछ ।बिपी प्रतिष्ठानले ०७४ साउन १ गते भएको सम्झौतादेखि हालसम्म निरन्तररुपमा बिमित सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको तर पछिल्लो समयमा सम्झौता नवीकरण गर्न बोर्डले चासो नदिएपछि साउन ३२ गते पछि बीमा कार्यक्रमअन्तर्गत सञ्चालित सम्पूर्ण सेवाहरु स्वतः निष्कृय हुने सूचना सार्वजनिक गरेपछि स्थानिय आन्दोलित भएका थिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।