धरान उपमहानगरपालिकाको प्रत्यक्ष लगानी र जनताको श्रमदानबाट स्थापना भएको माया धराने बेसारले उत्पादन सुरुगरेको छ । शुक्रबार भव्य रुपमा उदघाटन भएको बेसार उधोगको पहिलो उद्धघाटनको दिन ६३८ प्याकेट अर्थात रु दुई लाख ५५ हजार दुई सयको बिक्रि भएको माया धराने उधोग सञ्चालक समिती एक सदस्य मिना सिंगकले जानकारी दिएकी छिन । धरानका २० ओटै वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको उद्धघाटन समारोहमा उप प्रमुख अईन्द्र बिक्रम बेघा भने अनुपस्थित थिए । बेसारलाई अहिले ५०० ग्रामको प्याकेटको रु ४०० मूल्य तोकिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ्ग) को भिजन र धरार उपमहानगरपालिकाको प्रत्यक्ष आर्थिक लगानीमा स्थापना भएको माया धराने बेसार उधोगलाई प्रमुख साम्पाङ्ग र धरान वडा नम्वर २० का वडाध्यक्ष पदम बहादुर लिम्बुले संयुक्तरुपमा उदघाटन गरे । उद्धघाटनकै दिन माया धराने उधोग सञ्चालक समितीले धरान उपमहानगरपालिकालाई औपचारिक रुपमा हस्ताण्तरण समेत गरेको छ । हस्ताणतरण भएपछि धरानले एक आफनो उधोग पाएको छ । उधोग स्थापना गर्न कति खर्च लाग्यो भन्नेबारे भने खुलाइएको छैन ।

कार्यक्रमका प्रमुख अतिथी मेयर हर्कराज राईले आफुले बेसार उधोग भन्दा अघि माया धराने साबुन उधोग खोल्ने योजना बनाएपनि, विभिन्न कानुनी अड्चन भएका कारण निर्माण गर्न नसकेको र धरान २० बेसारको पकेट क्षेत्रपनि भएकोले धराने २० कै जनताको आगनमा पर्नेगरी धरान २० मै बेसार उधोग स्थापना गरेको बताए । उधोग स्थापना गर्नमा २० नम्वरबासी र श्रमदाताहरुको मेहनत धेरै रहेकोले आफु धेरै खुशीरहेको बताए । अगामी दिनमापनि यसैगरी धरानको समृद्धीको लागि सबैको साथ सहयोग अपेक्षा रहेको बताए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।