Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

-याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा संचालन भैरहेको ‘एस.ई.ई. स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा
72
SHARES
Share on FacebookShare on Twitter

-याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा संचालन भैरहेको ‘एस.ई.ई. स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ। -याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उप-महानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४, बिजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको हो। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको -याडिकल लाइट नेपाल प्रा.लि. धरानका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।

प्रतिस्पर्धाको फाइनलमा पुगेका वक्ताहरूलाई “नशा होइन, सीप र सृजनामा युवा” र “बिजयपुर: ऐतिहासिक र पर्यटनको गन्तव्य” गरी दुई शीर्षकमध्ये एक छनोट गरी आफ्नो धारणा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो। कार्यक्रमबारे जानकारी दिंदै आयोजक संस्था -याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले भने, “सधैं चार भित्ताभित्र सीमित सभाहलमा हुने कार्यक्रमलाई यसपटक खुला आकाशमुनि, हरियाली र मनोरम वातावरणमा आयोजना गरी सहभागीलाई फरक अनुभूति दिन खोजिएको हो। बुढासुब्बा मन्दिर परिसरमा कार्यक्रम गर्नुको पछाडि सौन्दर्य, सन्देश र सरोकारको त्रिवेणी समेट्ने उद्देश्य थियो।”

ADVERTISEMENT

कार्यक्रममा सहभागी शुभम पोखरेलले बिजयपुर क्षेत्र धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै स्थानीयवासी, सरकार र सरोकारवालाहरूको समन्वयमा यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे।त्यस्तै अर्की प्रतिस्पर्धी दिविका राईले युवाहरू लागुऔषधको दलदलमा फस्न नदिन सकारात्मक सोच, व्यावसायिक सीप र सृजनात्मक क्रियाकलापमा जोड दिनुपर्ने धारणा राखिन्।त्यस्तै अर्की प्रतियोगी सन्जिना राईले युवाहरूले कुलत त्यागेर जीवनमा केही गर्न सक्ने दृष्टिकोण राख्दै भनिन्, “नशाले सोच मर्छ, सोच मरे सपना मर्छ। त्यसैले युवाहरूले आधुनिक सीप र सृजनामार्फत आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्छ।”

कार्यक्रमका प्रमुख अतिथि धरान–१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले एस.ई.ई. दिएर फुर्सदमा रहेका युवाहरू कुलततिर फस्न सक्ने सम्भावना रहँदा यस प्रकारका प्रतियोगिताले उनीहरूको समयको सही सदुपयोग, अभिव्यक्तिमा निखारता र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।उनले थपे, “खुला स्थानमा आयोजना गरिएका यस्ता कार्यक्रमहरू सामाजिक चेतना फैलाउने माध्यम मात्र नभई प्रतिस्पर्धीहरूको प्रस्तुति अझ सशक्त बन्ने अवसर पनि हो।” कार्यक्रममा दन्तकाली माध्यमिक विद्यालयका बिद्यार्थीहरु, शिक्षक बालकृष्ण चौलागाईं, आइडल इङ्लिस बोर्डिङका बिद्यार्थीहरु, शिक्षक मोहन बस्नेत, स्थानीय समाजसेवी पन्कज घिमिरे, वडा नं. १४ की सामाजिक परिचालक रेनुका खतिवडा लगायतको उपस्थिति रहेको थियो।

Previous Post

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

Next Post

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist