नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुनसरी क्षेत्र नम्बर १ ले २०८२/८३ को योजनामा समाबेश गर्न माग गर्दै बिभिन्न ३ बुदे माग राख्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । सुनसरी क्षेत्र नम्बर १ का इन्चार्ज जीवन राईको नेतृत्वमा सोमबार मुख्यमतन्त्रीको कार्यालय बिराटनगरमा गएर ज्ञापन पत्र बुझाएको धरान नगरकमिटी उप सचिव रिकेश विश्वकर्माले जानकारी गराएकाछन ।
भ्रस्टाचार, वेतिथी, कुशासन, वेरोजगार र दलाल पुजिवादको विरुद्धमा र सदाचार, थिति, सुशासन, रोजगार र नेपाली विशेसताको वैज्ञानिक समाजवादको पक्षमा निरन्तर कृयाशिल रहेको दावी गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले बिशेषगरी सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरान उपमहानगरपालिका र वरपरका क्षेत्रहरू भौगोलिक तथा आर्थिक दृष्टिले अत्यन्त संवेदनशील र सम्भावनायुक्त रहेको माग पत्रमा उल्लेख गरेको छ । ज्ञापन पत्रमा धरानको सवारी आवागमनको सहजता, खानेपानीको स्थायी व्यवस्थापन, सिँचाइ सुविधाको विस्तार तथा दीर्घकालीन आर्थिक विकासको लागि धरान-लेउती बहुउद्देश्यीय सुरुङ्गमार्ग योजना अपरिहार्य रहेको उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा बिशेषगरी तीन बुदे मागहरु अघी सारीएको छ । धरान-लेउती बहुउद्देश्यीय सुरुङ्गमार्गलाई आ.व. २०८२/८३ को योजनामा समावेश, बुढासुब्बा-दन्तकाली-पिण्डेश्वर-रामधुनी-बराहक्षेत्र-विश्रुपादुका धार्मिक पर्यटन सर्किट र धरान-भेडेटार केवलकार निर्माणलाई मुख्य माग बनाएर ज्ञापन प्रदान गरिएको छ । यी मागहरु प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिदिन अनुरोध गरिएको उप सचिव बिश्वकर्माले जानकारी दिए । प्रदेश सरकार सँग राखिएको तिनवुदे माग पुरा भए धरानवासीहरू तथा सम्पूर्ण कोशी प्रदेशवासीहरूका लागि लाभदायक हुने दावी गरिएको छ ।